काठमाण्डौं । दक्षिण कोरियामा रहेका कलाकारहरुको सक्रियतामा निर्मित ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक उत्तम मगरको स्वरमा सजिएको यस गीतमा देवेन्द्र पुनको शब्द, संगीत रहेको छ भने यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् ।
उक्त भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ (डार्क एन्जल) र रजनी राईको अभिनय रहेको छ । युवा प्रेम र आकषर्णलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा मायाँ, प्रेम, शँका र सम्बन्ध लाई रचनात्मक तवरले देखाउन खोजिएको छ ।
दक्षिण कोरियाका बिभिन्न पर्यटकिय आकर्षण बोकेका ठाउँहरुमा छायाङ्कन गरिएको उक्त भिडियोको निर्देशन मौषमी गुरुङले गरेकी हुन भने सम्पादन विजेश पौडेलले गरेका हुन ।
भिडियो डेमो क्रियशनको यूट्युब च्यानल बाट सार्वजनिक भएको छ ।




















