गोरखा । गोरखाको मसेलमा बसोबास गर्ने बराम समुदायका केही मानिसलाई जिविकोपार्जन सम्वन्धी सहयोग गरिएको छ । भीमसेन थापा गाउँपालिका १ को मसेलमा रहेका २५ घरघुरीका बराम समुदायलाई जिबिको पार्जन कार्यक्रम अन्तरर्गत सहयोग प्रदान गरिएको पालिकाले जनाएको छ ।
सिमान्तकृत समुदायमा बर्गिकृत बराम समुदायलाई वडा कार्यालयको पहलमा कृषि ज्ञानकेन्द्र गोरखाको जिविको पार्जन कार्यक्रम अन्र्तगत आर्थिक आयआर्जन बृद्धिका लागि सहयोग प्रदान गरिएको वडाध्यक्ष बिकास श्रेष्ठले जानकारी दिए ।
केन्द्रले एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरि कार्यक्रमबाट लिन सकिने लाभका बिषयमा जानकारी समेत गराएको थियो ।
माझथोक साना किसान कृषि सहकारी अन्तरर्गतका प्रति परिवार करिब २५ हजार रुपैयाँ बराबरको प्लाष्टिक टनेल, २०० मिटर पाइप, मिनिकिट विउ स्प्रे र एभोगाडो तथा कागतीको बेर्ना लगायतका फलफुलका बिरुवा तथा धनियाँ, काउली, ब्रो काउली लगायतका तरकारीका बिउहरु समेत उपलब्ध गराईएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको हो ।


