साँकेतिक तस्बिर
काठमाण्डौं । गोरखा घर भई राजधानीको टोखा बस्दै आएका १ जना ब्यक्तिको डेरामा धनमाल चोरी भएको छ ।
राजधानीको टोखा नगरपालिका ८ ग्रिनल्याण्ड डेरा गरी बस्ने ३३ वर्षीय ईश्वर दवाडीको कोठामा धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
डेरामा कोही पनि नभएको मौका छोरी चोरहरुको समूहले सुनका विभिन्न गरगहना तथा नगदसमेत चोरी गरेको टोखा प्रहरीले जानकारी दिएको छ । दवाडीको डेराबाछ सुन र नगद गरी ४ लाख ५ हजार रूपैयाँ बराबर चोरी भएको छ ।


