गोरखा । आज बिहानै गोरखा र पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ । २ घण्टाको अन्तरालमा गोरखा र पोखरामा भूकम्पको धक्का महशुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको थुमी आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने पोखराको माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
गोरखामा बिहान ७ः२२ बजेमा र पोखरामा बिहान ३ः५६ बजे भूकम्पको धक्का महशुस गरिएको थियो । पोखरामा गएको भूकम्पका कारण बिहानी निन्द्रामा रहेकाहरु सबै सडकमा देखिएका थिए ।
पोखरामा गएको भूकम्पको धक्का पर्वत, म्यादी, बागलुङ, पर्वत र तनहुँसम्म पनि महसुस गरेको थियो भने गोरखामा गएको भूकम्पले सिमा संग जोडीएको धादिङमा पनि महशुस गरिएको थियो ।
भूकम्पबाट कुनै पनि क्षति नभएको सुरक्षा निकायले जनाएको छ ।




















