गोरखा । गोरखा प्रहरीले लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिबसको अवसरमा पारेर प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गोरखा नगरपालिका १० छेवेटारमा मंगलवार ‘स्वच्छ जिबन स्वच्छ बिचार, लागु औषध गरौँ बिहस्कार’ भन्ने नारा सहित ‘शान्त एवं सुरक्षित समाज निर्माणका लागि लागू औषध नियन्त्रणमा आमाहरुको भूमिका’ विषयमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा भएको उक्त कार्यक्रममा ५० जना भन्दा बढी आमाहरुको सहभागीता रहेको थियो जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए ।
उपस्थित सबैलाई आफ्ना छोराछोरीलाई लागु औषध द्रुब्यसनीबाट कसरी टाढा राख्ने तथा द्रुब्यसनीमा लागेकालाई छुटाउन के गर्नु पर्छ भन्ने बारे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले प्रशिक्षण गराका थिए ।
जिल्ला प्रशासन कार्यालय गोरखाले लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिबसको अवसरमा साताब्यापी कार्यक्रम गर्ने निर्णय गरे अनुसार गोरखा प्रहरीले मंगलबार छेवेटारमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।




















