गोरखा । गोरखा प्रहरीले स्थानियको सहयोगमा आज गाँजाका बोटहरु नष्ट गरेको छ । प्रहरीले स्थानियको सहयोगमा विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रेका ५७० बोट गाँजाको बोट नष्ट गरिएकोे हो ।
जिल्ला प्रहरी कार्यालय िगोरखाका अनुसार मंगलबार भिमसेन थापा गाउँपालिका ७ चाहापानी टोल लगायत बिभिन्न स्थानहरुमा स्थानियको सहयोगमा गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी निरिक्षक सोमदास ढकालले जानकारी दिए ।
प्रहरी चौकी बोर्लाङबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटी गएको प्रहरी टोलिले ३०० गाँजाको बोट काटी नष्ट गरेको हो ।
यस्तै गरी, गण्डकी गाउँपालिका वडा नं ६ भुम्लिचोक, पोखरी लगायत बिभिन्न स्थानहरुमा पनि स्थानियको सहयोगमा प्रहरी चौकी भुम्लिचोकबाट खटीएको प्रहरीहरुको टोलिले १५० बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
यता मंगलबार नै अजिरकोट गाँउपालिका ४ बालुवा, ढोडेनी र पोखरीथोकस्थित बिभिन्न स्थानहरुमा पनि स्थानियको सहयोगमा प्रहरी चौकी बालुवाबाट खटिएको टोलीले १२० गाँजाको बोट नष्ट गरेको गोरखा प्रहरीले जनाएको छ ।




















