गोरखा । गोरखाको बोर्लाङका किसानहरुलाई धान खेती सम्बन्धि तालिम दिइएको छ । कृषि ज्ञान केन्द्र गोरखाको आयोजना तथा नमुना तरकारी खेती कृषक समूह पिपलटारको समन्वयमा भिमसेन थापा गाँउपालिका ७ बोर्लाङका २५ जना किसानलाई तालिम दिईएको हो ।
नमुना तरकारी खेती कृषक समूहका अध्यक्ष डिलबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बालि संरक्षण अधिकृत बासु पौडेल, बागवानी प्राविधिक सहायक सुनिता महतो र माटो विज्ञान प्राविधिक सहायक समिक्षा गौतम लगाएतले प्रशिक्षण दिएका थिए ।
तालिममा धानको बिउ छनौंट, ब्याड राख्ने तरिका, जग्गाको तयारीदेखी लिएर धान थन्काउनेसम्मको प्रक्रिया बारे जानकारी गराएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।
तालिममा किसानहरुलाई धानमा लाग्ने रोग, किराको नियन्त्रण, भण्डारण गर्ने तरिकासहित गोठे मल तयार पर्ने बारे पनि जानकारी गराएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
केन्द्रले तालिममा सहभागी सबै किसानलाई प्रति व्यक्ति १६ लिटरको १ थान स्प्रे, माटोमा प्रयोग गर्ने जिक १ किलो, कारटप १ किलो र १०० एमएलको झार मार्ने विषाधी रोजर समेत वितरण गरिएको थियो ।




















