गोरखा । उत्तरी गोरखाको यारु बगरमा खच्चड गोठालोलाई नदीले बगाएको छ । धार्चे गाउँपालिका १ को यारु बगरमा चुमनुब्री गाउँपालिका ३ सिर्दिबासका माइला गुरुङलाई बगाएको हो । बगाएका गुरुङको खोजी भईरहेको छ ।
यारु बगरमा रहेको बुढी गण्डकी नदी तर्ने क्रममा खच्चड बगाएको भन्दै नदीमा हामफालेका गुरुङलाई पनि नदीले बगाएको स्थानियले जानकारी दिएको छ ।
गुरुङको स्थानिय र आफन्तहरुले खोजी गरिरहेको भएता पनि सोमबार बिहानसम्म फेला नपरेको सिर्दिबास प्रहरीले जनाएको छ । गुरुङलाई आइतबार दिउसो नदीले बगाएको थियो ।
खच्चड र गोठालो माछाखोलाबाट सामान लिएर उत्तरी गोरखा जादै गरेको प्रहरील जनाएको छ । गुरुङको खोजी सोमबार बिहानैदेखी प्रहरी, आफन्त र स्थानियले गरिरहेका छन् ।




















