काठमाण्डौं । ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो गायक गिरीको आधिकारिक च्यानल ‘पवन गिरी अफिसिएल’ मार्फत सार्वजनिक भएको छ । यस गीतमा स्वयम् गायक गिरीको स्वर, शब्द र संगीत रहेको छ ।
गीतलाई बृजेश श्रेष्ठले संगीत संयोजन गरेका हुन् । प्रेमिल शैलीको यस गीतमा शाक्षी लम्साल, बिष्णु खरेल र सरोज केसीको अभिनय रहेको छ ।
राज पोख्रेलले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । भिडियो अनुप चापागाईँको निर्देशनमा तयार पारिएको हो ।
यसअघि गायक गिरीको स्वरमा रहेको ‘बधाई छ’, ‘मिल्टेरिको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देउ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् ।




















