गोरखा । मनकामनाको एक होटलमा फेला परेको शव पोष्टमार्टमका लागि राजधानी पठाईएको छ । सुतेकै अवस्थामा मृक्त फेला परेका मनकामना रिर्सोटका कुक रामहरी गौतमको शव पोष्टमार्टमका लागि काठमाण्डौं पठाइएको हो ।
अघिल्लो दिन खाना आएर सुत्न गएका गौतमको आफ्नै कोठमा मृक्त शरिर फेला परेको थियो । शहिद लखन गाउँपालिका ३ को मनकामना रिर्सोटका कुक २१ बर्षिय गौतम शव गोरखा अस्प्तालमा पोष्टमार्टम गर्न ल्याईएको भएता पनि शवमा केही संकास्पद कुरा देखिएकोले काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
गएको बिहीबार खाना खाएर सुत्न गएका गौतम शुक्रबार बिहान मृक्त फेला परेको भन्दै रिर्सोटक कर्मचारीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।
जिल्लामा भन्दा राजधानीमा सुविधा सम्पन्न ल्याब भएका कारण शव काठमाण्डौं पठाएको भन्दै हामी आफैले यो यो कुरा हेरी दिनु भनेर पठाएका हौ प्रउ खनालले भने ।




















