गोरखा । गोरखा सेवा समाजले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा जनता मावि प्रथम हुन सफल भएको छ । पालुङटार नगरपालिका भित्रको विद्यालय स्तरीय हाजिरी जवाफमा आँपपिपलको जनता मावि प्रथम भएको हो ।
गोरखा सेवा समाज कतार र नेपालको आयोजनामा पालुङटार नगरपालिकाको खोप्लाङमा रहेको अन्नपुर्ण माविमा भएको हाजिरी जवाफमा आँपपिपलको जनता मावि प्रथम भएको र मिरकोटको मिरकोट मावि द्वितिय र खोप्लाङको अन्नपुर्ण मावि तृतिय भएको गोरखा सेवा समाज कतारका अध्यक्ष एवं कार्यक्रम संयोजक रामजी खत्रीले जानकारी दिए ।
नगर भित्रको ७ स्कुलको सहभागीता रहेको उक्त कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश ५, ३ र २ हजार नगदका साथै प्रमाण पत्र र सहभागी स्कुललाई मायाँको चिनो प्रदान गरिएको गोरखा सेवा समाज नेपालका अध्यक्ष इमान जंङ्ग बानियाँले बताए ।
हाजिरी जवाफ प्रतियोगितामा धर्मोदय मावि, युनाइटेड बोडिङ, अमर ज्योति मावि, लक्ष्मी मावि, जनता मावि, अन्नपुर्ण मावि र मिरकोट माविले सहभागीता जनाएको थियो ।
सहभागी स्कुल मघ्य धर्माेदयले १५, युनाईटेड बाेडिङले ३२, अमर ज्याेतिले २१, लक्ष्मी माबिले ३७, जनता माबिले ५६, अन्नपुण माबिले ४२ र मिरकाेट माबिले ५५ अंक प्राप्त गरेकाे गाेरखा सेवा समाजले जनाएकाे छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख विण्णुप्रसाद भट्टराई, गोरखा सेवा समाज नेपालका अध्यक्ष इमान जंङ्ग बानियाँ, गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीका साथै समाज कतार तथा नेपालका पदाधिकारीहरु तथा सम्वन्धीत विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।


