काठमाण्डौं । मोडल सुधिर श्रेष्ठ र सुपा खनाल फिचर्ड ‘ठेकीमा मदानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको सुमधुर स्वर सुन्न सकिन्छ ।
लोक फ्लेवरको यस गीतमा शब्द साजन पराजुलीको रहेको छ । स्वयम गायक अर्यालले संगीतवद्द गरेको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गरेका हुन् ।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा भिडियोमा सुदिप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ ।
सुरेश पाण्डेले कोरियोग्राफी गरेको यस भिडियोलाई महफुज अन्सारीले छायाँकन गरेका हुन् । भिडियो सुबाश देवकोटाको सम्पादन गरेका हुन ।
मोहन घिमिरे निर्माता रहेको यस भिडियोलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो । ‘क्ल्यासिक फ्रेम मुभिज’को आधिकारिक य़ुट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।


