गोरखा । मनकामनामा रहेको एक होटलमा मृक्त ब्यक्ति फेला परेको छ । मृक्त ब्यक्ति सोही होटलमा कुक भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
मृक्त ब्यक्ति शहिद लखन गाउँपालिका ३ को मनकामना बजार क्षेत्रमा रहेको मनकामना रिसार्टमा काम गर्दै आएका कुक रामहरी गौतम भएको पुष्टी भएको हो । कार्भेको चौरी देउराली गाउँपालिका ५ घर भएका गौतम उनी सुत्ने कोठामा नै मृक्त फेला परेको गोरखा प्रहरीले जनाएको छ ।
२१ बर्षिय गौतम खाना खाएर सुत्न गएको र बिहान पख नउठे पछि होटलकै कर्मचारीहरुले हेर्न जादा मृक्त भेटिए पछि प्रहरीलाई खबर गरेको गोरखा प्रहरीले जनाएको छ ।




















