गोरखा । गोरखाको खाब्दीमा ग्यास सिलिण्डर बिष्फोट हुदा १ जना महिलाको मृत्यु भएको छ भने घर जलेर नष्ट भएको छ । विष्फोटमा परी जिल्लाको शहिद लखन गाऊपालीका ७ की केशरीमायाँ बस्तीको मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
बुङकोटमा रहेको पुरानो खाब्दि प्राबि स्कुल नजिक रहेकी ६९ बर्षिया वस्तीको घरमा ग्यास सिलिण्डर पडकीएर आगलागी भएको घटना आज बिहान ७ः३० बजे मात्र गाउलेहरुले थाहा पाएका थिए ।
एकान्तमा रहेको घर र एक्लै बस्दै आएकी वस्तीका छोराले भने खाब्दी बजारमा ब्यापार ब्यवसाय गर्दै आएको जिल्ला प्रहरी कार्यालय गोरुखाले जानकारी दिएको छ ।
घटना हेर्दा हिजै साँझ घटेको जस्तो देखिन्छ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए । तर बिहान ७ः३० बजे मात्र उनका छोराले थाहा पाएर सबैलाई जानकारी गराएको अहिले घटना स्थलमा प्रहरी पुगि सकेको प्रउ खनालले जानकारी दिए ।
घर पुर्ण रुपमा क्षति भएको छ भने महिलाको शरिर पुरै जलेको अवस्थामा फेला परेको छ । साथै घरमा प्रयोग गर्दै आएको ग्यास सिलिण्डर समेत विष्फोट भएको अवस्थामा फेला परेको गोरखा प्रहरीले जनाएको छ । तर ग्यास कुन कम्पनीको हो सो को बारेमा भने जानकारी नभएको गोरखा प्रहरीले जनाएको छ।


