गोरखा । लामो समयदेखि उठ्न नसकेको गोरखा नगर क्षेत्रको फोहोर आगामी आइतबारबाट उठाइने भएको छ । गोरखा नगरपालिकासँग सम्झौता गरेर फोहोर व्यवस्थापनको जिम्मा लिएको क्लिन गोरखा प्रालिले असार ५ गतेबाट फोहोर संकलनको काम शुरु गर्ने जनाएको हो ।
फोहर लिएर जाने बाटाको मर्मत भइरहेकाले फोहोर उठाउन नसकिएको प्रालिकाले जनाएको छ । ढलान गरिएको उक्त बाटो असार ५ गतेदेखी खुल्ला हुने भएका कारण सोही दिनबाट फोहर संकलन गरेर डम्पिङ साइड लैजाने पनि प्रालिे जनाएको छ ।
नगर क्षेत्रमा धेरै लामो समयदेखी फोहर संकलन भएर बसेको कारण पहिलो चरणमा कुहिने फोहोरहरु मात्र दिन नगरवासीलाई प्रालिले अनुरोध समेत गरेको छ । केही दिन भित्रैबाट नकुहिने फोहर पनि प्रालिले संकलन गरेर लाने पनि सञ्चालक मध्येका एक रञ्जित श्रेष्ठले जानकारी दिए ।




















