गोरखा । गोरखा नगरपालिका गोरखाले नगरपालिकामा स्थाई बसोबास गर्ने नागरिकको घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे सूचना लिने, विवरण दर्ता गराउने तथा गुनासो दर्ता तथा सुनुवाई गर्ने उद्देश्यले दर्ता शिविर संचालन सुरु गरेको छ ।
नागरिकलाई घर दैलोवाट सेवा दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको नगर पमुख कृष्णवहादुर रानाले वताए । उपमेयर मसली माया थोकर पुनःका अनुसार १४ वटै वडाको ४२ ठाउँवाट सेवा प्रवाह हुने जानकारी दिए ।
तोकिएको प्रत्येक ठाँउवाट जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वसाईसराई र सम्वन्ध विच्छेदको अभिलेखिकरण गर्ने गरि शिविर अगाडी वढाएको साथै यसले जनतालाई वडा र नगरपालिका आइरहने झन्झटवाट सहज हुने उनको धारण रहेको छ ।
सामाजिक विकास अधिकृत विजय भक्त तिवारीले यसलाई अभियानको रुपमा अगाडी वढाई सवै कागजातलाई अनलाइन प्रणालीमा लैजान लागेको जानकारी दिए ।
बिहीबार अर्थात असार २ गतेवाट सुरु भएको कार्यक्रम १३ गतेसम्म सञ्चानल गरिने गोरखा नगरपालिकाले जनाएको छ । कार्यक्रम अनुसार असार २ र ३ गते वडा नं. १ को छापथोक सामुदायिक भवन, पौवाडाँडा खोप केन्द, ताप्ले मानपुर सामुदायिक भवनमा हुने छ भने वडा नं. ६ को वोसेपानी भवन, रानी पोखरी परिषर, विसे नगर्ची चोकमा र वडा नं. १२ को रानीटार पार्क, ईलाका वन अफिस र दरैटार पार्क मा हुनेछ ।
त्यसै गरी, असार ५ र ६ गते वडा नं। २ को पौवा वन अफिस, गौरी शकर टोल नमुना भवन, वडा नं. ८ को आहाले भन्ज्याङ्ग, सुर्योदय प्राथमिक विद्यालय आमडाडाँ, रानीश्वाँरा आयुर्वेद चौतारा र वडा नं. १३ को सिम्ले स्वास्थ्य सामुदायिक भवन, वनदेवी प्राथमिक विद्यालय वैतारी, मझुवा प्रहरी अफिसवाट सेवा प्रवाह हुने नगरपालिकाले जनाएको छ ।
त्यसै असार ७ र ८ गते वडा नं. ३ को विनिखोला, विन्दावासीनी विद्यालय, पडेनी चौतारा, वडा नं. ७ को मान्दे्रढुगा सामुदायिक भवन, हिलेपोखरी सामुदायिक भवन, भाङ्गवारी शतिपिपल, र वडा नं. १४ को गोप्लिङ्ग, याङ्गकोट, भट्टवेशी, प्युघर वेशी मा सेवा सञ्चालनमा आउने छ ।
असार ९ र १० गते वडा नं. ४ को पुतली वगैचा, कुवापानी सामुदायिक भवन, नवदुर्गा आधारभुत विद्यालय, वडा नं. ५ को गोरखकाली विद्यालय, चिल्ड्रेन पार्क, शिवशक्ति विद्यालय र वडा नं. ११ को पशु सेवा कार्यालय, भुराजवृक्ष आधारभुत विद्यालय, हेल्थ पोष्ट भवन, १२ र १३ गते वडा नं. ९ को ठिगुरेश्वारा शान्तीनगर महिला समुह भवन, काफ्ले महिला समुह भवन, सिर्दी र वडा नं. १० को छेवेटारमा रहेको तारा मावि हल, समीचौर टोल विकास भवन, विरेन्चोक माविमा सेवा सञ्चालन हुने नगरपालिकाले जानकारी दिएको छ।


