गोरखा । भूम्लीचोकमा खोलाले बगाउदा १ युवक बेपत्ता भएका छन् । बुधबार परेको अबिरल बर्षा पछि स्थायिन खोलामा आएको बाढीले बगाउदा २१ बर्षिय बिशेष मगर बेपत्ता भएको पारिवारीक श्रोतले जनाएको छ ।
गण्डकी गाउँपालिका ६ को भूम्मलीचोकमा रहेको प्यराङ खोलामा आएको बाढीमा परेर बिशेष बेपत्ता भएको उनका पिता सोमबहादुर मगरले जानकारी दिए ।
बाढी बगाए लगत्तै स्थानियले हिजैदेखी उनको खोजी कार्य गरेको भएता पनि आजसम्म पनि फेला नपरेको गण्डकी गाउँपालिका अध्यक्ष साकार तिमिल्सीनाले बताए ।
घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी लिलाराज लामिछानले अनविज्ञता प्रकट गर्दै ‘उक्त स्थानमा यस्तो घटना घटेको बिषयमा हामीलाई जानकारी नै नआएको’ उनले बताए ।




















