गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले छात्राबृत्ति कोटा थप गर्न शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयसंग माग गरेको छ । गाउँपालिकाका अध्यक्ष निमा लामाले बिकट चुमनुब्री गाउँपालिकाका बालबालिकाहरु आवसिय छात्रबृत्ति कोटाको अभावमा पढनपाठनबाट बन्चित हुनु पर्ने अबस्था आएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलसंग भेटेर थप २०० ब्यक्तिको लागि आवासिय कोटा थप गर्न माग गरेका हुन् ।
गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरीराज अधिकारीलाई सहित मन्त्री पौडेललाई भेट्न मन्त्रालयमा पुगेका अध्यक्ष लामाले एक गाउँबाट अर्को गाउँसम्म पुग्न २ दिनसम्म लाग्ने भएकाले आबासिय छात्रबृत्ति बिना बालबालिकालाई बिधालयमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे ।
अध्यक्ष लामाले सोही अबसरमा मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाउदै अहिले रहेको ४२० जनाको आवासिय छात्रबृत्ति कोटा चुमनुब्री गाउँपालिकाका लागि पर्याप्त नभएको भन्दै ‘अझै थप २०० ब्यक्तिको लागि छात्रबासको ब्यवस्था गर्न आवश्यक पहल गरिदिन भनेका थिए । बिधार्थीहरुको बढ्दो चापका कारण गाउँपालिका र बिधालयहरुलाई व्यवस्थापन गर्न कठिन भएको समेत मन्त्री पौडेललाई जानकारी गराईएको थियो ।
भौगोलिक रुपमा अहिलेसम्म सडक सञ्जाल नजोडिएको चुमनुब्री गाउँपालिकाका बिधालयहरुमा हिमाली आवासिय छात्रबास कार्यक्रम अन्र्तगत त्यहाँका बालबालिकाहरुले पठनपाठन गर्दै आइरहेका छन् ।
मन्त्रालयमा भएको छलफलका क्रममा सिर्दिबासको फिलिममा रहेको बुद्ध माध्यामिक बिधालयमा माध्यामिक तहका लागि स्थायी शिक्षकको दरबन्दीको व्यवस्था गर्न पनि मन्त्री पौडेललाई आग्रह गरिएको अध्यक्ष लामाले बताए ।
भेटका क्रममा शिक्षामन्त्रीले पालिकाले गरेको माग सकारात्मक रहेको भन्दै आबश्यक पहल गर्ने प्रतिबद्धता जनाएको पनि अध्यक्ष लामाले जानकारी दिए ।


