गोरखा । बिरामी र कुरुवा तथा कर्मचारीलाई लक्षित गर्दै गोरखा अस्पताल भित्र क्यान्टीन खोलिएको छ । अस्पताल प्रशासनले क्यान्टीन सेवा दिन चाहनेहरुको लागि केही साता अगाडी मात्र प्रस्ताव आब्हान गरेको थियो ।
क्यान्टीनको एक कार्यक्रम बिच अस्पताल बिकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले पानसमा बत्ती बालेर सुभारम्भ गरेका थिए । उनले कार्यक्रममा बिरामी, तिनका कुरुवा र कर्मचारीहरुलाई सस्तो र स्वास्थ्यकर खाना तथा खाजा खुवाउन क्यान्टीनको सुभारम्भ गरिएको जानकारी दिए ।
बुधबार बिहानदेखी क्यान्टीन सेवा सुरु गरिएको सञ्चालन दिपक श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अस्पताल आफैले सामानको मुल्य तोकिदिएकोले सोही अनुसार बिरामी तथा तिनका कुरुवा र कर्मचारीले सेवा लिन सक्ने जानकारी दिए ।
प्रस्ताव आब्हान अनुसार गोरखा नगरपालिका ६ को ‘फुड प्रोजेक्ट’ ले क्यान्टीन सञ्चालनको अनुमती पाएको हो । मासिक करिब २० हजार रुपैयाँ तिनुपर्ने गरी अस्पतालले क्यान्टीन सञ्चालनको अनुमती दिएको हो ।
क्यान्टीन उदघाटन कार्यक्रममा अस्पतालका मेसी डा.हरीकुमार श्रेष्ठ, सूचना अधिकारी कृण्ण ढकाल, वडा नम्बर ८ का वडाध्यक्ष ऋषिराम खत्री, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ तथा बिकास समितिका पदाधिकारी र सर्व साधारणको उपस्थिती रहेको थियो ।



