गोरखा । अबिर बर्षापछि गोठ भत्किदा मसेलमा एउटा भैसी पुरिएर मरेको छ । भीमसेन थापा गाउँपालिका १ को मसेल स्थित माझथोकमा बकिलराज बरामको गोठ भत्किदा गोठमा रहेका एउटा ब्याउने भैसी पुरिदा मरेको वडाध्यक्ष बिकास श्रेष्ठले जानकारी दिए ।
‘अत्याधिक बर्षाका कारण गोठ माथिबाट आएको माटोको ढिस्काले गोठ भत्किाएको र माटोले पुरिएर भैसी मरेको हो । घटना लगत्तै स्थानीबासीको सहयोगमा गोठमा रहेको अर्को भैसीको भने शकुसल उद्धार गर्न सफल भएको थियो ।
स्थानियले भत्किएको गोठको छाना भत्काएर अर्को भैसीको उद्धार गरेका थिए ।




















