गोरखा । स्थानिय चुनाव सम्पन्न भएको महिना दिन पछि नेपाली काँग्रेस गोरखाले पत्रकार सम्मेलन गर्दै अरु दलहरु बिच तालमेल हुदा आपेक्षाकृत नजिता आउन नसकेको जनाएको छ । आज गोरखा सदरमुकामको तिनधारेमा रहेको पार्टी कार्यालययमा पत्रकार सम्मेलन गर्दै पार्टी सपभापती नन्दप्रसाद न्यौपानेले प्रतिस्पर्धी पाटीले घोषित वा आघोषित तालमेल गर्दा नेपाली काँग्रेले आपेक्षाकृत नजिता हात पार्न नसकेको बताए ।
गोरखा काँग्रेसले एक बिज्ञप्ती जारी गर्दै ‘वडामा प्राप्त मत परिणाम हेर्दा नेपाली काँग्रेले ४८ हजार २१२ र प्रतिस्पर्धी दल नेकपा माओवादी केन्द्रले ४७ हजार ५४२ मत प्राप्त गरेको’ भन्दै ‘यसबाट के स्पष्ट हुन्छ भने प्राविधिक रुपमा नेपाली काँग्रेस पार्टीले स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा केही मत कम ल्याएतापनि समग्रमा लोकप्रिय मतमा अगाडी छ’ भनिएको छ ।
पार्टीले जारी गरेको विज्ञप्तीमा ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । नेपाली काँग्रेस जस्तो लोकतन्त्रमा विशवास गर्ने पार्टीले निर्वाचन ब्यक्त भएको जनमतलाई सहर्ष स्वीकार पनि गर्दछ’ भनिएको छ । ‘निर्वाचनको नजिताको गंभिर समिक्षा गर्दै पार्टी संगठनलाई थप मजबुद बनाउदै जनता माझ जाने’ भन्दै ‘निर्वाचनमा मतदान गर्नुहुने सम्पूर्ण जिल्लाबासी आमाबुवा, दाजुभाई, दिदीबहिनीलाई हार्दिक धन्यबाद एर्व आभार ब्यक्त गर्दै आगामी निर्वाचनमा अझै महत्वपूर्ण साथ सहयोग र समर्थन पाउने’ अपेक्षा बिज्ञप्तीमा भनिएको छ ।
‘निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यायल, प्रमुख जिल्ला अधिकारी एवं सुरक्ष निकायहरु, सरकारी कर्मचारी, शिक्षक, अधिकारकर्मी, पर्यवेक्षक, पत्रकार एवं सञ्चारकर्मी र निर्वाचनमा खटिनु भएका नेपाली काँग्रेस गोरखाका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई पनि हार्दिक आभार ब्यक्त गर्दछौ’ नेपाली काँग्रेस गोरखाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
२०७९ साल बैशाख ३० गते सम्पन्न निर्वाचनमा एक्लै लडेको गोरखा काँग्रेले ११ स्थानिय तह मध्ये २ आरुघाट र सिरानचोक गाउँपालिकामा मात्र प्रमुख पद हात पारेको थियो । ०७४ को स्थानिय निर्वाचनमा ९ पालिकाको नेतृत्व गरेको गोरखा काँग्रेस यस पटक भने २ स्थानिय तहमा मात्र सिमित भएको छ ।
हालै सम्पन्न स्थानिय निर्वाचनमा जिल्लाको कुल ४८७ सिटम मध्ये २१६ स्थानमा जित हात पारेको थियो । त्यस्तै गरी माओवादीले २०५, नेकपा एमालेले ५०, जनता समाजबादी पार्टीले १५ र स्वतन्त्रले १ स्थानमा जित हात पारेको थियो ।
गोरखा काँग्रेसका अनुसार ११ पालिका प्रमुख मध्ये २, उपप्रमुखमा ५, ९४ वडा मध्ये ३७, खुल्ला सदस्य १८८ मध्ये ८९ तथा खुल्ला महिला सदस्य ९४ मध्ये ४१ स्थान र महिला दलित तर्फ ८९ सिटम मध्ये ४२ स्थानमा बिजयी भएका छन् ।
निर्वाचन पछि सोमबार र मंगलबार पार्टी कार्यालयमा भएको समिक्षा बैठकमा पराजित उम्मेदवारहरुले काँग्रेस भित्रकै साथीहरुका कारण हार ब्यहोरेको भन्दै त्यस्ता कार्यकतालाई कारवाही गर्न आवाज उठाए संगै पार्टीले शुष्म अध्ययन सुरु गरेको जानकारी दिदै प्रमाण फेला परेको खण्डमा विधानले दिएको अधिकार प्रयोग गरेर कारवाही गरिने पनि पत्रकार सम्मेलनमा सभापति न्यौपानेले जानकारी दिए ।
गाेरखा काँग्रेसले जारी गरेकाे बिज्ञप्ती




