काठमाण्डौं । गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको सुमधुर स्वरमा सजिएको ‘अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा युवा गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको छ भने गायक न्यौपानेको संगीत रहेको छ । गीतमा रिदम कँडेलको संगीत संयोजन रहेका छन् ।
म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । सक्रिय क्रियशन’ नामक युटुयुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
यसअघि गीतकार श्रेष्ठको शब्दमा रहेको ‘कुरा नगरेकै जाती’, ‘सपनाको रंग’ बोलको भिडियोहरु सार्वजनिक भैसकेका छन् ।




















