गोरखा । गोरखा जिल्ला समन्वय समिति गोरखामा नेकपा माओवादी केन्द्रको प्यानल नै बिजयी बनेका छन् ।
गत जेठ २२ गते मनोनयन दर्ताको क्रममा माओवादी केन्द्रबाट एकल उम्मेदवारी परेपछि ९ सदस्यीय समन्वय समितिमा उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुलाई आजै शपथ ग्रहण गराइएको छ ।
नवनिर्वाचित समन्वय समिति प्रमुख मोहनबहादुर थापा गोरखा नगरपालिका ९ बाट वडा सदस्यमा विजयी भएका थिए । उपप्रमुखमा शहीद लखन गाउँपालिका ९ की लिला परियार निर्वाचित भएकी छिन्र ।
त्यस्तै गरी, सदस्यहरुमा वारपाक सुलिकोट गाऊँपालिका ४ का मोहन ढकाल, भिमसेन थापा गाऊँपालिका ६ का मोहम्मद हकिम र गण्डकी गाऊँपालिका ७ का शिवप्रसाद रेग्मीले निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
यस्तै ३ जना महिला सदस्यमा अजिरकोट गाऊँपालिका ५ बाट वडा सदस्य निर्वाचित इन्दिरा देवकोटा, धार्चे ३ की प्रमिना घले तथा सिरानचोक ८ की मिरा उपरकोटीको बिजयी भएकी छिन् ।
दलित तथा अल्पसंख्यकतर्फको १ जना सदस्यमा पालुङटार नगरपालिका २ का गंगाबहादुर बयलकोटीको निर्वाचित भएको छ ।
समन्वय समितिमा स्थानीय तह निर्वाचनमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने प्रावधान छ । जिल्ला समन्वय समितिको कुल २२ जना मतदाता रहेकोमा माओबादीको स्पस्ट बहुमत देखे पछि नेपाली काँग्रेस सहित अन्य दलले उम्मेदवारी दिएनन् ।
जिल्लाका ११ वटा स्थानीय तह मध्ये माओबादी केन्द्रले ९ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको थियो । त्यस्तै नेपाली काग्रेसले २ पालिकामा प्रमुख र ५ पालिकामा उपप्रमुख जितेको थियो ।
नवनिर्वाचित प्रमुखसहितको समितिले आजै पदभार ग्रहण पनि गरेका छन् ।




















