गोरखा । गोरखा सदरमुकाममा सवारी दुर्घटना हुदाँ १ जना युवक घाइते भएका छन् । घाइते हुनेमा शहिद लखन गाउँपालिका ७ मकैपुरका २४ बर्षिय प्रदिप श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
गोरखा नगरपालिका ८ को बराह क्षेत्रमा सदरमुकामबाट घर फर्कने क्रममा ना. २४ प ६५८६ नम्वरको मोटरसाइकल र गोरखा बजार तर्फ आउदै गरेको प्रदेश ३ ०१–०२२ च. ७८५८ नम्वरको बोलेरो एक आपसमा ठक्कर खाएको हो ।
घाइते श्रेष्ठलाई गोरखा अस्पतालमा सामान्य उपचार पश्चात चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको गोरखा अस्पतालले जनाएको छ । उनको नाक र कम्मरमा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका इन्चार्ज प्रेमप्रकाश पोखरेलले जानकारी दिए ।
दुर्घटनामा संलग्न रहेको बोलेरो जीप र तिनका चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।




















