गोरखा । बिमलनगरमा रहेको झोलुङ्गेपुलबाट हाम फालेका गोरखा च्याङलीका एक पुरुष अझै बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका ७ च्याङलीका ५० बर्षिय रेशम कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कुमाल बुधबार ६ः०० बजे गोरखा र तनहुँ जोड्ने बिमलनगरमा रहेको झोलुङ्गे पुलबाट हामफालेर मस्र्याङ्गदी नदीमा बेपत्ता भएका थिए । कुमालको हिजैदेखी स्थानिय र प्रहरीले खोजी गरेको भएता पनि बिहीबारसम्म पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
कुमालको बिहीबार बिहानैदेखी प्रहरीले स्थानियको सहयोग मस्र्याङ्गदी नदीमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।


