गोरखा । धादिङमा पैदल हिडीरहेकी गोरखाकी एक महिलालाई ट्रकले ठक्कर दिदा ज्यान गएको छ ।
धुनिबेशी नगरपालिका ६ चालिसे भन्ने स्थानमा ट्रकले ठक्कर दिदा गोरखा जिल्ला गण्डकी गाउँपालिका ५ दरर्बुङ निवासी ४४ बर्षिया राममायाँ विकको ज्यान गएको धादिङ प्रहरीले पुष्टी गरेको हो ।
पैदल हिडीरहेकी उनलाई काठमाण्डौंबाट नारायणगढ तर्फ जादै गरेको ना. ८ ख ५१७३ नम्बरको ट्रकले बुधबार राती ९ः३० बजे ठक्कर दिएको थियो ।
ठक्कर दिएर गंभिर घाईते भएकी राममायाँको राजधानीको ट्रमा सेन्टरमा उपचारको क्रममा राती नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा संलग्न रहेको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।


