चितवन । हिजो चितवनको लेवाटारमा भएको सडक दुर्घटनामा परी १ जना गोरर्खाली युवाले ज्यान गुमाएका छन् । इच्छाकामना गाउँपालिका ४ को लेवाटारमा भएको सडक दुर्घटनामा परी शहिद लखन गाउँपालिका ४ ताक्लुङ निवासी २३ बर्षिय सन्तोष चेपाङको ज्यान गएको हो ।
मंगलबार काठमाण्डौंबाट मुग्लीन तर्फ आउदै गरेको प्रदेश ३–०१०–२३ च ५०७४ नम्बरको कारलाई ओभर टेक गर्ने क्रममा बा. ७५ प ६११६ नम्बरको मोटरसाइकल कार संग ठक्कर खादा चेपाङको ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
तिब्र गतिका कारण कारमा ठक्कर खाएर अनियन्त्रीत भएको उक्त मोटर साइकल पुनः विपरित दिशाबाट आएको ना.७ ख १३७१ नम्बरको तेलको टुयाङकरमा ठक्कर खान पुगेको थियो । चेपाङकाे घटना स्थलमा नै ज्यान गएकाे हाे ।

इलाका प्रहरी कार्यालय मुग्लीनका अनुसार दुर्घटनमा संलग्न सवै सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।


