गोरखा । ५० औ अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमा आज सदरमुकाममा रहेको एक निजी बिद्यालयका बिद्यार्थीहरुले र्याली र बृक्षारोपण गरेका छन् ।
गोरखा नगरपालिका ६ मा रहेको मोडर्न ईङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले जनचेतना जगाउने उद्देश्यका साथ गोरखा बजारमा प्रभातफेरी र बिद्यालय परिषरमा बृक्षा रोपण गरेका हुन् ।
वातावरण जोगाउने सम्बन्धि विभिन्न प्ले कार्ड र ब्यानर लिएर गोरखाको हरमटारी, शक्तिचोक, पुरानो बसपार्क, ठूलो आगन, पाटेचौर, हस्पिटल चोक हुदै हरमटारीमा आएर र्याली टुङ्गिएको स्कुलका प्रिन्सीपल सिताराम तिवारीले जानकारी दिए ।
साथै विद्यार्थीहरूले विद्यालय वरिपरि सरसफाई गर्नुका साथै विद्यालय हाता भित्र बृक्षारोपण समेत गरेका थिए ।
तस्बिर सिताराम तिवारी



