गोरखा । गोरखाको पालुङटारमा एक अर्ध वैशे वेवारीसे पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार पालुङटार नगरपालिका ७ को च्याङलीमा रहेको सती घाटमा शव फेला परेको हो ।
गोरखा र तनहुँ जिल्लाको बिच भाग भएर बग्ने मस्र्याङदी नदीको बिच भागमा ढुङामा अड्किएको अवस्थामा उक्त पुरुषको शव फेला परेको हो ।
फेला परेको पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
स्थानियले शव नदीको देखे पछि प्रहरीलाई खवर गरेका थिए । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याईएको छ ।


