काठमाण्डौं । गोरखाका १ युवक नियन्त्रित लागू औषध सहित राजधानीबाट पक्राउ परेका छन् । गोरखा जिल्ला सिरानचोक गाउँपालिका ७ घर भएका निरज भनिने तुलबहादुर ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौं बुढानिलकण्ड नगरपालिका ७ को हात्तिगौडा बस्ने ढकाललाई अबैध लागू औषध कारोबारको सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
प्रहरीलाई प्राप्त सूचनाको आधारमा उनको डेरामा खानतलसी गर्दा व्ल्याङ्केटले छोपि जेब्रा झोलाभित्र लुकाई राखेको अवस्थामा Diazepam 2ml लेखिएको १०२० एम्पुल, Noophin 2ml लेखिएको ८५५ एम्पुल र Phenergan 2ml लेखिएको ८५० एम्पुल समेत गरि जम्मा २ हजार ७२५ एम्पुल, नियन्त्रित लागु औषध फेला परेको महाशाखाले जनाएको छ ।
पक्राउ परेका ढकाललाई आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त, महाराजगंज, काठमाण्डौ पठाईएको छ ।



