गोरखा । गोरखा आँबुखैरेनी सडक खण्ड अन्र्तगतको ३ किलोमा आज बस र मोटरसाइलक एक आपसमा ठक्कर खादा १ जना गंम्भिर घाईते भएको छ । गोरखा नगरपालिका १३ को ३ किलोमा भएको दुर्घटनामा परी पालुङटारका हरी देवकोटा गंम्भिर घाइते भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार आँबुखैरेनी तर्फ जादै गरेको ग. २१ प ४८८ नम्वरको मोटरसाइकल रोकिराखेको ना. ५ ख ५००५ नम्वरको बसमा ठोक्किदा पालुङटार नगरपालिका ५ का ४५ बर्षिय देवकोटा गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यात्रु ओराल्न रोकेको बसमा मोटरसाइलक ठोकिएर दुर्घटना भएको हो । घाइते देवकोटाको खुट्टामा गम्भीर चोट लागेको ट्राफिक प्रहरी प्रकाश अधिकारीले जानकारी दिए ।
खुट्टामा गहिरो चोट लागेका देवकोटालाई तनहूँको छिम्केश्वरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ ।


