गोरखा । गोरखा अस्पताललाई एक समाज सेवीले पंखा उपलब्ध गराएको छ । गर्मी सिजनमा बिरामी जाँच गराउन आउनेहरुलाई समस्या भएको भन्दै गोरखा नगरपालिका ६ घ्याम्पेशाल चोक निवासी प्रेमकुमार श्रेष्ठले ५ थान पंखा उपलब्ध गराएको हो ।
श्रेष्ठले मंगलबार एक कार्यक्रम बिच गोरखा अस्पताललाई ५ थान पंखा उपलब्ध गराएको हो । १६ हजार मुल्य वरावरका ति सबै पंखा आजै आकश्मिक कक्षमा जडान गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
गोरखा नगरपालिका ६ का वडाध्यक्ष राजेन्द्रप्रसाद जोशी (दिलिप) तथा वडा सदस्य शित्तलकाजी मास्के सहितको टोलीले उक्त पंखा गोरखा अस्पतालका मेसु हरीकुमार श्रेष्ठलाई हस्पतान्तरण गरेका थिए ।


