काठमाण्डौं । गजलकार रमेश लुइँटेलको शब्दमा समावेश गजल ‘तिम्रो मायामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा गायक थानेश्वर गौतमको सुमधुर स्वर, संगीत सुन्न सकिन्छ । गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाच्न सक्छु भन्ने भावाना प्रेमीले व्यक्त गरेका छन् ।
म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्री फिचर्ड छन् । राम केसीले छायाँकन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ ।
भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन् । अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।
भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानल माफर्त सार्वनजिक भएको हो । यसअघि गजलकार लुइँटेलको शब्दमा ‘तिम्रो साथ’, ‘इलामे बजार’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् ।


