साँकेतिक तस्बिर
गोरखा । ताक्लुङमा करेन्ट लाग्दा १ जना पुरुषको ज्यान गएको छ । मृत्यु हुनेमा शहिदलखन गाउँपालिका ४ वस्ने ५० वर्षीय शेरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आलेले घरमा विजुली नआएको भनि घर नजिकै रहेको विजुलीको पोलमा चढी तार तान्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
घटनाका बिषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


