गोरखा । गोरखाको ठिगुरेश्वारामा एक आपसमा स्कुटर मोटर साइकल ठोकिएको छ । गोरखा नगरपालिका ९ को ठिगुरेश्वारामा दुर्घटना हुदा एक जनाको खुट्टा र अर्कोको हात भाँचिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखाबाट लक्ष्मीबजार गोरखा बजार तर्फ आउदै गरेको बा. ५७ प ४०८६ नम्बरको मोटर साइकल र गोरखा बजारबाट लक्ष्मीबजार तर्फ जादै गरेको ग. २२ प ८००१ नम्बरको स्कुटर ठिगुरेश्वाराको प्रतिक्षालय मोडमा एक आपसमा ठोकिदा गोरखा नगरपालिका ९ लक्ष्मीबजार निवासी १६ बर्षिया आदेश आलेको हात भाँचिएको छ भने शहिद लखन गाउँपालिका ५ को छापथोक निवासी २२ बर्षिय प्रताप थापाको खुट्टा भाँचिएको हो ।
दिउसो ५ः४४ बजे भएको दुर्घटनामा परी घाईतेहरु सबैको गोरखा अस्पतालमा उपचार भई रहेको छ । मोटर साइकल भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


