गोरखा । गोरखाको पाँचखुवा देउरालीमा भएको हाजिरी जवाफ कार्यक्रममा अन्तर ज्योति मावि प्रर्थम हुन सफल भएको छ । हाजिरी जवाफमा सुर्य ज्योती मावि द्वितिय र माझथर मावि तृतिय भएको छ ।
हाजिरी जवाफ प्रतियोगिता गोरखा सेवा समाज कतार र नेपालको आयोजना तथा शिक्षा बिकाश तथा समन्वय इकाई गोरखा र बारपाक सुलिकोट गाउँपालिका शिक्षा शाखाको समन्वयमा भएको हो ।
प्रतियोगितामा बारपाक सुलिकोट गाउँपालिका ४ को दुर्गा माबि, सिद्धार्थ माबि र हिमालय माबि, ६ को अन्तर ज्योती माबि, माइकोट माबि र सुर्यज्योती माबिका साथै ५ को जलकन्यादेवी माबि, ३ को माझथर माबि र ७ को शैलपुत्री माबिको सहभागीता रहेको गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश. ५, ३ र २ हजारका साथै प्रमाण पत्र प्रदान गरिएको गोरखा सेवा समाजले जनाएको छ ।
पाँचखुवा देउरालीको शैलपुत्री माविमा भएको कार्यक्रममा समाजले मानव सेवा आश्रमको सहयोगमा युवा शसत्तिकरणका लागि सकारात्मक सोच एवं मानवता प्रवद्र्वन कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा गोरखा आश्रमकी सञ्चालिका मुना लामाले उपस्थित सबैलाई प्रशिक्षण गराएकी थिइन ।
शैलपुत्रीका प्रधानाध्यापक रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्री, शिक्षा बिकाश तथा समन्वय इकाई प्रमुख बिष्णुप्रसाद भट्टराई, बारपाक सुलिकोट गाउँपालिका शिक्षा शाखा प्रमुख वसन्तराज भट्ट, बारपाक सुलिकोट गाउँपालिका वडा ७ का वडाध्यक्ष कृष्ण गुरुङ तथा मानवसेवा आश्रम गोरखाका संयोजक मुना लामा समेतको उपस्थिती रहेको थियो ।
तस्बिर रामजी खत्री



