भरत राना
गोरखा । विभिन्न अपराध गरेर फरार भएका २ जनालाई गोरखा प्रहरीले पक्राउ गर्न सफल भएको छ । अगालागी मुद्वाका भरत राना र सरकारी छाप किर्ते गर्ने फिरोज खानलाई गोरखा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गोरखा नगरपालिका ६ बस्ने २७ बर्षिय रानालाई आगलागी मुद्वामा गोरखा जिल्ला अदालतबाट ५ महिना ७ दिन कैद फैसला र ३२ बर्षिय खानलाई सरकारी छाप किर्ते गरेको अभियोगमा ११ महिना ६ दिन कैद सजाय फैसला भएको थियो ।
खानलाई प्रहरीले बैशाख ३१ गते र रानालाई जेष्ठ ८ गते अदालत पेश गरिएकोमा अदालतले दुवैलाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
दुवैलाई लुकिछीपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।


