गोरखा । बर्षा संगै आउने बाढी पहिरोका कारण जनधनको क्षति हुने सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले सबै स्थानिय तह र सरोकारवालाहरुलाई १२ बुदे निर्देशन जारी गरेको छ ।
जिल्लाको ११ स्थानिय तह, सुरक्षा निकाय, रेडक्रश र गैसस महासंघलाई पत्राचार गर्दै मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्य गर्न भनेको हो ।
प्रशासनले जारी गरेको निर्देशनमा संभावित उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान गरी प्रभावित हुन सक्ने परिवारहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि आवश्यक ब्यवस्थापन तथा सहजिकरण गर्न भनिएको छ ।
पत्रमा अत्यावश्क खाद्य सामाग्री तथा टेन्ट, त्रिपाल र म्याट्रेसको समेत भण्डारण गर्न भनिएको छ ।
प्रशासनले जारी गरेको पत्र



