गोरखा । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आज तनाब ब्यस्थापन सम्वन्धी तालिम दिईएको छ । मानव सेवा आश्रम गोरखाको आयोजनामा जिप्रका गोरखामा कार्यरत जुनियर तथा सिनियर अफिसरहरुलाई ‘सकारात्मक जिवन शैलीका लागि तनाव ब्यवस्थापन तालिम’ दिईएको हो ।
कार्यक्रममा जुनियर तथा सिनियर अफिसरका साथै प्रहरी हल्वदार र जवानहरुको समेत सहभागी रहेको थियो । तालिमलाई मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीले सहजिकरण गरेका थिए ।
प्रहरी कार्यालयको परिषर भित्रै दिईएको तालिममा १०० जनाको सहभागीता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए । कार्यक्रमको सहजीकरण गरेका अध्यक्ष अधिकारीले दैनिक जिवनमा आउने तथा राष्ट्र सेवाका बेला आउने सबै प्रकारको तनाब तथा पारिवारमा आउने तनाबलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बारमा जानकारी दिएका थिए ।
कार्यक्रममा प्रहरी उपरिक्षक खनाल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव सुशीलबावु श्रेष्ठ (कैलास), मानव सेवा आश्रमका अभिभावक ईश्वरकाजी मास्के र मानव सेवा आश्रम गोरखाकी सञ्चालिका मुना मानव सेवा समेतको उपस्थिती रहेको थियो ।


