गोरखा । गोरखा जिल्लामा दोहोर्याएर उमेद्वारी दिएका ६ जना उपप्रमुखहरु मध्ये १ जनाले पराजय ब्यर्होरेका छन् । दोश्रो कार्यकालका लागि उम्मेदवारी दिएकी धार्चे गाउँपालिकाकी फूलमायाँ गुरुङले पराजय ब्यर्होरेकी हुन् ।
जिल्लाको ११ स्थानीय तह मध्ये ६ वटा स्थनीयका उपप्रमुखहरुले दोस्रो कार्यकालका लागि पदबाट राजीनामा दिएर उमेद्वारी दिएका थिए । उमेद्वारी दिएका मध्ये नेपाली काँग्रेसबाट यस अघि गण्डकी गाउँपालिका उपाध्यक्ष रहेकी ललिता अधिकारी, माओबादी केन्द्रबाट शहीद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटको उपाध्यक्षमा सनमाया गुरुङ दोश्रो पटक विजयी भएकी छिन् ।
यस्तै गरी, नेपाली काँग्रेसको तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी सिरान्चोक गाउँपालिका उपाध्यक्ष रिता देवकोटा र आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली पनि पुनः विजयी भएकी हुन् ।




















