गोरखा । गोरखा जिल्लाको ११ स्थानित तह मध्ये ९ वटा स्थानिय तहमा माओवादी केन्द्रको नेतृत्व भएको छ भने २ पालिकामा नेपाली काँग्रेसको जित भएको छ ।
मतगणनाको अन्तिम परिणाम आए संगै माके नेकाको गोरखामा राजनिति उल्लो देखिएको छ । ०७४ को स्थानिय निर्वाचनमा बारपाक सुलिकोट गाउँपालिका र शहिद लखन बाहेक अन्य ९ पालिकामा काँग्रेसका सरकार थियो भने यो पटक ठिक उल्लो सिरान चोक र आरुघाटमा काँग्रेसको सरकार देखिएको छ ।
०७४ को निर्वाचन संगै माओबादीले आफुलाई परिकृत र परिमार्जन गर्दै लगेको भएता पनि नेपाली काँग्रेस भने जितको उन्मादमा रुमलिदा अहिलेको परिणाम आएको राजनैतिक बिश्लेषकहरु बताउछन् । ‘काँग्रेसमा जितको उन्माद संगै मतदातालाई सम्मान गर्ने भन्दा पनि अपमान गर्ने बानिको बिकास भयो’ एक बिश्लेषकले बताए । तर ‘हार ब्यर्होरेको माओबादीले आफुलाई परिकृत र परिमार्जन गर्न लागे । त्यसैको परिणाम आज हेर्दै छौ’ उनले भने ।
जिल्लाको काँग्रेसले हार्नुको अर्को कारण भने काँग्रेस भित्रै सतहमा भईरहेको खेल हो । यसमा नाम काँग्रेस भित्रै नाम कहलिएका ब्यक्तिको गाउँदेखी वडासम्म बाट पनि काँग्रेसलाई मत नआउनु पनि हो । त्यस बाहेक पनि चुनावी मैदानमा उत्रनै कच्चा खेलाडीका कारण पनि काँग्रेसको हार भएको विश्लेषकहरुको भनाई छ ।
उम्मेदावरी दर्ताको दिनमा बजार क्षेत्रमा काँग्रेसले देखाउको उदण्डतादेखी राजनैतिक दल बिच समिकरण देखिएको समस्या पनि काँग्रेसको हार हुनुको अर्को कारण देखिएको छ । गोरखा नगरपालिकामा विश्वदेव श्रेष्ठले पाएको टिकट कुटपिट गरेकै भरमा केन्द्रदेखी राजनराज पन्तले पाउनु र पालुङटारका मेयर ई.दिपक कडेललाई काँग्रेस सभापतीले राजिनामा दिन लगाउनु पनि कारण देखिएको छ । त्यती मात्र नभएर जातियतालाई काँग्रेसले अपमान गर्दा र उम्मेदवारको गैर जिम्मेवार प्रस्तुती पनि काँग्रेसको हारको कारण देखिन्छ ।
यसै बिच खेल खेलेको माओबादी केन्द्रले गोरखा र पालुङटार नगरपालिकाका साथै अजिरकोट, गण्डकी, धार्चे, भीमसेन थापा, शहिद लखन र बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकाको प्रमुखमा जित हात पारेको छ ।
माओबादी केन्द्रले उप प्रमुखमा पालुङटार नगरपालिका सहित, अजिरकोट, धार्चे, शहिद लखन र बारपाक सुलिकोट र चुमनुब्रीमा जितेको छ ।
यता नेपाली काँग्रेले भने २ स्थानमा प्रमुख र ५ स्थानमा उप प्रमुखमा चित्त बुझाउन परेको छ । काँग्रेसले आरुघाट र सिरानतोक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित गोरखा नगरपालिका, गण्डकी र भीमसेन थापा गाउँपालिकामा उपाध्यक्ष पद जित हात पारेको हो ।
कसले कहाँ कति मत ल्याए त हेरौै ।




















