गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा पनि मतगणना कार्य समपन्न भएको छ । मतगणना संगै उक्त पालिकामा पनि अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् ।
मतगणना अनुसार अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । लामाले १ हजार ६२४ मत ल्याएका छन् भने उपाध्यक्षमा गुरुङले १ हजार ५६५ मत ल्याइएर बिजयी हुन सफल भएका हुन् ।
अध्यक्षका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनबहादुर गुरुङले १ हजार ३११ मत र्पाएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसर्क मातेको छोकी लामाले १ हजार ३०७ मत ल्याएकी थिइन् ।
७ वटा वडा रहेको उक्त गाउँपालिकामा नेपाली कांग्रेसले १,२,४,५,७ र माओवादीले ३ र ६ वडामा वडाध्यक्षमा बिजयी भएका थिए ।






















