काठमाण्डौं । हालै वैवाहिक जीवनमा बाधिएकी नायिका केकी अधिकारी गायक राजेश पायल राई संग म्युजिक भिडियोमा रोमाण्टिक मोडमा देखिएकी छिन् । ‘तिम्रै नाम होस’ बोलको यस गीतमा गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको सुमधुर स्वर सुन्न सकिन्छ ।
वरिष्ठ संगीतकार वसन्त सापकोटाको संगीतमा समावेश गीतलाई गीतकार गोपाल लोहारले लेखेका हुन् । सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो ।
गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ जस्ता दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् ।




















