गोरखा । सिरानचोक गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । मत गणना सम्पन्न भए संगै पालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस बिजयी भएका छन् ।
मत परिणाम अनुसार अध्यक्षमा नेपाली काँग्रेसका ज्ञानेन्द्र गुरुङ बिजयी भएका हुन् । उनले माअोबादी केन्द्रका नवराज पुडासैनीलाई १ हजार २३५ मत अन्तरले पराजित गरेका थिए । बिजयी गुरुङले ५ हजार ४०३ मत पाएका छन् भने उनको प्रतिद्वन्दी पुडासैनीले ४ हजार १६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै गरी, उपाध्यक्षमा नेपाली काँग्रेसकी रिता देवकोटा बिजयी भएकी छिन् । उनले माओबादी केन्द्रकी पूर्ण कुमारी ढकाललाई ९०२ मत अन्तरले पछि पार्दै जित हात पारेकी हुन् । देवकोटाले ४ हजार ८०२ मत पाउदा ढकालले ३ हजार ९०२ मत पाएकी थिइन ।
८ वटा वडा रहेको उक्त पालिकामा नेपाली काँग्रेसले ५ र माओबादी केन्द्रले ३ वटा वडामा वडाध्यक्ष जितेका छन् । जस अनुसार नेकाले १, २, ३, ४ र ८ तथा माकेले ५, ६ र ७ मा वडाध्यक्ष जितेका हुन् ।




