गोरखा । गोरखा जिल्लाको ११ स्थानित तह मध्ये ९ वटाको मत गणना सम्पन्न भएको छ । मत गणना सम्पन्न भएको ९ स्थानिय तहमा माओबादी केन्द्र हावी देखिएको छ । जस अनुसार माओबादी केन्द्रले प्रमुखमा ८ स्थान जित्न सफल भएको छ भने उप प्रमुखमा ५ स्थान जितेको छ ।
प्राप्त मत परिणाम अनुसार माओबादी केन्द्रले गोरखा र पालुङटार नगरपालिकाका साथै अजिरकोट, गण्डकी, धार्चे, भीमसेन थापा, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकाको प्रमुखमा जित हात पारेको छ ।
त्यस्तै गरी माओबादी केन्द्रले उप प्रमुखमा पालुङटार नगरपालिका सहित, अजिरकोट, धार्चे, शहिद लखन र बारपाक सुलिकोटमा जितेको छ ।
यता नेपाली काँग्रेले भने १ स्थानमा प्रमुख र ४ स्थानमा उप प्रमुखमा चित्त बुझाउन परेको छ । काँग्रेसले आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित गोरखा नगरपालिकाको उप प्रमुख तथा गण्डकी र भीमसेन थापा गाउँपालिकामा उपाध्यक्ष पद जित हात पारेको छ ।
कहाँ कहाँ कस कसले जिते र कति मत ल्याए हेरौै ।


