गोरखा । पालुङटार नगरपालिकाको मतगणना गए राती सम्पन्न भएको छ । मतगणना सम्पन्न हुदा मेयर र उपमेयरमा माओवादी केन्द्रका विवश चिन्तन र बन्दना पाण्डेले जित हात पारेको छ ।
सार्वजनिक मत परिणाम अनुसार विवश चिन्तनले जनता समाज बादी पार्टीका प्रेमबहादुर गुरुङलाई पराजित गरेर चिन्तनले जित हात पारेको हो । विजयी भएका चिन्तनले ६ हजार ७२ मत प्राप्त गर्दा गुरुङले ५ हजार ७१७ मत पाएका थिए । अघिल्लो चुनावमा जित हात पारेको नेपाली काँग्रेसका दिपकबावु कँडेलले भने ४ हजार ९९७ मत मात्र पाएका थिए ।
त्यस्तै गरी, उपमेयरमा माओवादी केन्द्रकी बन्दना पाण्डे बिजयी भएकी छिन् । उनले नेपाली काँग्रेसकी चेतकुमारी श्रेष्ठलाई पराजित गर्दै जित हात पारेकी हुन् । पाण्डेले ५ हजार ५७९ मत पाउदा श्रेष्ठले ५ हजार ७७ मत पाएकी थिईन । यहाँ नेकपा एमाले भने तेस्रो स्थानमा रहेको छ । एमालेबाट उम्मेदवारी दिएकी पार्वतीदेवी पाठकले ४ हजार २८१ मत पाएकी छिन् ।
१० वटा वडा रहेको पालुङटारमा ४ वटा वडामा माके, ३–३ वटा वडामा नेका र जसपाका वडाध्यक्ष चयन भएका छन् । जस अनुसार वडा नम्बर २, ४, ७ र १० मा माओवादी केन्द्र, १, ५ र ८ मा जनता समाजबादी पार्टी र ३, ६ र ९ मा नेपाली काँग्रेसको जित भएको छ ।




