गोरखा । गोरखा नगरपालिकाको १४ वटै वडाको मत गणना सम्पन्न भएको छ । सम्पन्न मतगणना अनुसार गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृण्ण राना मगर र उपमेयरमा नेपाली काँग्रेसकी मसलीमायाँ थोकर पुनले जितेकी छिन् ।
बिजयी भएका रानाले उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका राजनराज पन्तलाई १ हजार ८५६ मत अन्तरले पराजय गरेका हुन् । रानाले ८ हजार ९६४ मत पाउदा पन्तले ७ हजार १०८ मत प्राप्त गरेका थिए ।
त्यस्तै गरी, उपमेयरमा थोकरले उनका प्रतिद्वन्दी जनता समाजबादी पार्टीका नारायण खत्रीलाई ७३५ मतले पछि पार्दै जित हात पारेकी हुन् । थोकरले ७ हजार ४५३ मत पाउदा उनका प्रतिद्वन्दी खत्रीले ६ हजार ७१८ मत पाएका थिए ।
१४ वटा वडा रहेको गोरखा नगरपालिकामा ६ वटा वडामा नेपाली काँग्रेस, ५ वटा वडामा माओवादी केन्द्र, २ वटा वडामा एमाले र १ वटा वडामा स्वतन्त्र बिजयी भएका छन् ।




