गोरखा । गोरखा नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसकी मसलीमायँ थोकर पुनको बिजयी निश्चित भएको छ । हालै सम्पन्न स्थानिय निर्वाचनको मत परिणाम अनुसार गोरखा नगरपालिकाको १४ वडा मध्ये १३ वटा वडामा मतगणना हुदा उप मेयरमा थोकरले ७ हजार ९१ मत पाएका छन् ।
उपमेयरमा नै माओवादी केन्द्र र जनता समाजबादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका नारायण खत्रीले ६ हजार १३३ मत पाएका छन् ।
१४ नम्बरमा बाँकी रहेको १ हजार ४०१ मतगणनामा थोकर र खत्रीलाई बाडीएको आधारमा थोकरले गोरखा नगरपालिकाको उपमेयर पदमा जित्ने निश्चित भएको हो ।
उपमेयर मसलीमायाँ को हुन ?
गोरखा नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसकी मसलीमाया थोकर अर्थात सपना पुनः बिजयी भए संगै उनको बिषयमा बजारमा निकै चर्चा चल्न थालेको छ ।
रामेछाप जिल्लामा जन्मीएर सिन्धुलीमा बाल्यकाल बिताएकी थोकरको विवाहवारी भने गोरखा जिल्ला गोरखा नगरपालिका ११ मा भएको हो ।
बिस २०४३ साल बैशाख १० गते बुबा नन्दलाल थोकर र आमा कान्छीमाया थोकर कोखबाट जन्मीएकी थोकर सानै उमेरदेखि सामाजिक सेवा क्षेत्रमा सक्रिय हुने गर्दथ्यो । स्कुलले जिवनदेखि नै नेपाली काँग्रेसको बैचारिक धारमा जोडिएकी थोकरले बिस २०६१ मा रौतहट जिल्लाको चन्द्र निगाहपुर स्थित दुर्गा माबिबाट एसएलसी उर्तिण गरेकी हुन् ।
प्रबिणता प्रमाणपत्र तहसम्मको अध्ययन सम्पन्न गरेकी उनले बिस २०६६ सालबाट औपचारिक रुपमा आफ्नो राजनीतिक यात्राको प्रारम्भ गरे । हाल नेपाल महिला संघ गोरखाकी सह–सचिव तथा नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिको रुपमा पार्टीको रुपमा समेत छन् ।
त्यस बाहेक पनि बिभिन्न सामाजिक संघसंस्थमा आबद्ध भई निरन्तर समाजसेवामा क्रियाशिल थोकर यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिकाको उपप्रमुख बिजयी हुनुभएको हो ।


