गोरखा । हालै सम्पन्न स्थानिय निर्वाचन अत्रर्गतको गोरखा नगरपालिका १२ र १३ मा नेपाली काँग्रेसले जित हात पारेको छ । १२ मा नेपाली काँग्रेसका डिलबहादुर थापा मगर र १३ मा मित्राकुमारी परियारले जित हात परेकी हुन् ।
बिजेता थापा मगरले माओवादी केन्द्रका रुपलाल कुमाललाई हराउदै वडाध्यक्ष बनेका हुने । थापा मगरले ७९३ मत पाउदा कुमालले ६३२ मत पाएका थिए ।
त्यस्तै गरी १३ मा नेपाली काँग्रेसकी महिला उम्मेदवार मित्राकुमारी परियारले माओवादी केन्द्रका हरीबहादुर खनाललाई हराउन सफल भएकी हुन् । परियारले ६३२ मत पाउदा खनालले ६२८ मत पाएका थिए । झिनो मत अन्तरले परियारले वडाध्यक्ष पदमा जित हात पारेकी थिइन । माओवादी र जनता समाजबादी पार्टीका राम्रो बाहुल्यता भएको उक्त क्षेत्रमा नेपाली काँग्रेसले पहिलो पटक चुनाव जितेको हो ।
दुवै वडामा नेपाली काँग्रेसले प्यानल नै जितेको हो ।


