गोरखा । गोरखाको धार्चे गाउँपालिकामा नेपाली काँग्रेस ‘क्लिनस्विप’ भएको छ । ७ वटा वडा रहेको उक्त गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका बिजयी भए भने कुनै पनि वडामा काँग्रेसले जित हात पार्न सकेन ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सन्तोष गुरुङको लज्जास्पद हार भएको छ । बिजयी भएका माओावादी केन्द्रका लक्ष्मण गुरुङ्गले ३ हजार ७७१ मत पाउदै गर्दा नेकाँका गुरुङले १ हजार ९७६ मत मात्र पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा पनि माओवादीकै सुनिला गुरुङले पनि कांग्रेसबाट उम्मेदवारी दिएकी फुलमाया गुरुङलाई फराकीलो मतअन्तरले हराउदै विजयी बनेकी हुन् । विजयी सुनिलाले ३ हजार ७७९ मत पाउदा कांग्रेसकी फुलमायाले १ हजार ९७६ मत मात्र पाएकी छिन् ।
पराजित कांग्रेसका दुवै उम्मेदवार यस अघिका सोही गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष थिए ।
धार्चेकाे वडा नम्बर १ मा माकेकाे रामसिंह गुरुङ, २ मा सराेज गुरुङ, ४ मा किसान गुरुङ, ५ मा भिमप्रसाद गुरुङ र ७ मा राकेश गुरुङ बिजयी भए भने ३ र ६ मा एमालेका शेरबहादुर गुरुङ र धनकुमार घले बिजयी भएका छन् ।




